Public Pana
ज्येष्ठ नागरिकको अनुभव महत्त्वपूर्ण :  सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्त्वपूर्ण हुने बताएका छन् । 

बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, बिर्तामोड वडा नं ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै उनले समाज निर्माणका लागि महत्त्वपूर्ण हुने बताए ।

“ज्येष्ठ नागरिकको राजनीतिक, सामाजिक, आर्थिक अनुभवले हामीलाई अघि बढ्न प्रेरणा, हौसला र मार्ग मिल्छ”, उनले भने ।

सो अवसरमा उनले  बिर्तामोड–७ स्थित शहीद नेत्र स्मृतिपार्कको विकासका लागि पहल गर्नेसमेत प्रतिबद्धता जनाए ।

हात्ती प्रभावित उक्त क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update