Public Pana
यू-१९ विश्वकप: बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै छ । 

यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

योसँगै बंगलादेशले पहिला बलिङ गर्ने भएको छ । 

नेपालले समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्सको पहिलो खेलमा मंगलबार भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित हासिल गरिसकेका हुनाले नेपालको सेमिफाइनलको सम्मावना भने सकिएको छ । अब दुवै खेलमा जित हासिल गरेपनि नेपालको सेमिफाइनलको दौडबाट बाहिरिएको छ । 

नेपालले समुह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो ।

आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २-२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update