Public Pana
चीनसँग डराउन नपर्ने भारतीय विदेशमन्त्री जयशंकरको दाबी

भारतीय विदेश मन्त्री एस जयशंकरले चीनले भारतका छिमेकी राष्ट्रहरूलाई प्रभाव पार्ने बताउँदै भारतले यस्तो ‘प्रतिस्पर्धीको राजनीति’ बाट डराउन नुहने दाबी गरेका छन् ।

विदेश मन्त्री जयशंकरले आईआईएम मुम्बईका विद्यार्थीहरूसँग चीन–माल्दिभ्ससँगको भारतको सम्बन्ध र लाल सागरमा हमास–इजरायल युद्धबाट उत्पन्न परिस्थितिको बारेमा कुरा गरेका थिए । माल्दिभ्सबारे सोधिएको प्रश्नमा उनले भने, ‘हरेक छिमेकीबिच समस्या हुन्छ तर अन्ततः छिमेकीलाई छिमेकी चाहिन्छ ।’

उनले यस क्षेत्रमा चीनको प्रभावलाई लिएर प्रतिद्वन्द्वी बढेको तर यसलाई भारतीय कूटनीतिको असफलता भन्नु गलत भएको जिकिर गरे ।

उनले भने, ‘हामीले बुझ्नुपर्छ कि चीन पनि छिमेकी राष्ट्र हो र उसले प्रतिस्पर्धात्मक राजनीतिको रूपमा ती देशहरूलाई धेरै किसिमले प्रभाव पार्छ । मलाई लाग्दैन कि हामी चीनसँग डराउनुपर्छ। मलाई लाग्छ हामीले भन्नुपर्छ – ठीक छ, विश्वव्यापी राजनीति एक प्रतिस्पर्धात्मक खेल हो। तपाईंले सक्दो प्रयास गर्नुहोस्, हामी सक्दो प्रयास गर्नेछौँ।’

जयशंकरले आजको समयमा प्रतिस्पर्धाबाट डराउनु नहुने पनि बताए । ‘हामीले यसलाई स्वागत गर्नुपर्छ र भन्नुपर्छ कि हामीसँग प्रतिस्पर्धा गर्ने क्षमता छ,’ उनले भने ।
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update