Public Pana
काेशीकाे हार बालुवाटारमा गम्भीर समिक्षा :   गठवन्धनकाे उम्मेदबार पराजित  हुनु अप्रत्याशित ठहर 

काठमाडाै- सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा आएको परिणामलाई अप्रत्याशित भएको ठहर गरेको छ । राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रारम्भिक समीक्षा गर्दै यस्तो ठहर गरेको  हाे ।

वैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाली काग्रेसका  नेता रमेश लेखकले  काेशीकाे नतिजाबारे गम्भीर समिक्षा भएकाे बताए । 

‘जुन परिणाम आयो यो अप्रत्याशित छ, गम्भीर छ । त्यसकारण यसबारेमा अलि गम्भीरतापूर्वक छलफल गर्नुपर्छ भन्ने भएको छ ’,नेता लेखकले भने । 
उनले याे परिणामका कारण गठबन्धनमा तत्काल भने कुनै असर नपर्ने वताए । तर यसलाई हल्का रुपमा नलिइ सवै दलले आफूभित्र छलफल र समिक्षा गर्ने उनले बताए । 

उनले गठबन्धनका १९ जना उम्मेदवार नै साझा उम्मेदवारका रुपमा रहेको र सबैको सरोकारको विषय समेत बनेकाले यसबारे थप छलफल गर्दै जाने लेखकले बताए । 
यो कन्सर्न प्रधानमन्त्री वा सभापतिको मात्रै कन्सर्न नभएर गठबन्धनका सबैको कन्सर्न हो उनले भने, ‘सबैको उम्मेदवार भएको हुनाले यसमा कसमा कसको के भयो भन्ने भन्दा पनि अहिले प्रारम्भिक छलफल भयो ।’ 

माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीको महिला क्लस्टरमा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी थिइन् । त्यसक्रममा गठबन्धनका मतदाताले एमाले उम्मेदवारलाई मत दिएका थिए ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update