Public Pana
बालकुमारी घटना  : मन्त्री ज्वालालाई बयानमा बाेलाईयाे 

काठमाडाै-  बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे बयान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बोलाएको छ । मन्त्री ज्वालालाई आयोगमा उपस्थित हुन पत्राचार गरिएको आयोगका एक जना सदस्यले बताए ।  
घटना भएकाे दिनमा किन गएकाे देखि के के भएकाे थियाे पनि साेधपुछका लागि वाेलाइएकाे ती सदसयले बताए ।  
 ‘मन्त्रिपरिषद्मा जानकारी गराएर उहाँलाई पत्र पठाएका छौँ ।’ ती सदस्यले भने ‘ वहाँले आउने जानकारी पनि गराउनु भएकाे छ । ’
मन्त्री ज्वालाले माघ १७ मा आयोगमा गएर आफ्ना कुरा राख्ने आयोगलाई जानकारी गराएका छन् । पुस १३ मा बालकुमारीमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाए ।


प्रदर्शनस्थलमा अकस्मात् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेको  र घटना भएकाे भनि यसअघि  गृहमन्त्री लगाएतले भन्दै आएका थिए । मन्त्री ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए ।

प्रदर्शन स्थलमा मन्त्री र प्रदर्शनकारीको बिचमा भनाभन भएको भिडियो सार्वजनिक  भएको छ । त्यसपछि पैदल हिँड्दै उनी कान्तिपुर गार्डेनस्थित नेकपा (समाजवादी) पार्टीको बैठक स्थलमा प्रवेश गरे, दिनभर निस्केनन् ।

जाँचबुझ आयोगले अहिलेसम्म ३१ जनाको बयान लिएको छ । ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी वरिष्ठ उपरिक्षक सिद्धिविक्रम शाहसहित ३१ जनासँग बयान लिएको आयोगका अध्यक्ष (पूर्व न्यायाधीश) शेखर पौडेलले रातोपाटीलाई बताए ।


घटनास्थलमा प्रहरीले सेल्फ लोडिङ्ग राइफल (एसएलआर)बाट ३० राउन्ड गोली चलाएको छ । घटनास्थलमा २१ राउन्ड रबर बुलेट प्रहार गरिएको छ । त्यस्तै अश्रुग्याँस ११४ राउन्ड प्रहार गरेको छानबिनबाट थाहा भएको छ । ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आफूले गोली चलाउने आदेश नदिएको आयोगमा बताएका छन् । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update