Public Pana
सुपर सिक्स खेल्नुअघि नै विश्वकपबाट बाहिरियो नेपाल

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ।
सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपाल विश्वकपबाट बाहिरिने पक्का भएको हो। 

त्यसो त नेपालले सुपर सिक्सअन्तर्गत २ खेल खेल्ने तालिका छ।

तर दुवै खेल जितेको खण्डमा पनि अंकविहीन नेपालको ४ अंक मात्र हुन्छ भने भारत र पाकिस्तानले ६÷६ अंक जोडिसकेकाले नेपाल अब सुपर सिक्स खेलेर घर फर्कनुपर्ने भएको हो।

किनभने सुपरसिक्सको एउटा समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन्। नेपाल रहेको समूह एबाट भारत र पाकिस्तान अघि बढ्ने सम्भावना बलियो छ। उनीहरूले तीन÷तीन खेल जितेर ६÷६ अंक बनाएका छन्।

बंगलादेशले २ खेलबाट २ र न्युजिल्यान्डले ३ खेलबाट २ अंक बनाएका छन् भने नेपालले २ र आयरल्यान्डले ३ खेल खेले पनि कुनै अंक जोडेका छैनन्।

सुपर सिक्समा भारतले न्युजिल्यान्डलाई २ सय १४ रनले तथा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएका हुन्। 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update