Public Pana
एमसीसीले नेपालमा ल्यायो नयाँ प्रविधि

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सडक मर्मतका लागि नेपालमा नयाँ प्रविधि भित्र्याएको छ । नेपालमा पहिलोपटक फलिङ वेट डिफ्लेक्टोमिटर (एफडब्लूडी) प्रविधि भित्र्याइएको हो ।

फलिङ वेट डिफ्लेक्टोमिटर’ प्रविधि भित्र्याइएको जानकारी नेपालमा एमसीसी कार्यान्वयन गर्ने निकाय एमसीए–नेपालले सामाजिक सञ्जालमार्फत् मंगलवार जनाएको छ ।

उपकरण खरिद गरी जडान गरेपछि सडक विभाग र इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)का प्राध्यापकहरूलाई उपकरण सञ्चालन तालिम प्रदान गरिने एमसीएले जानकारी दिएको छ ।

‘उपकरण खरिद गरी जडान गरेपछि सडक विभाग र इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरूलाई उपकरण सञ्चालन तालिम प्रदान गरिने छ,’ एमसीएले आफ्नो ट्विटर (एक्स)मा लेखेको छ । जहाँ पुल्चोक क्याम्पसकी सहप्राध्यापक डा रोजी प्रधानाङ्गले यसको व्याख्या गरेको देख्न सकिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update