Public Pana
नर्भिक आइभिएफले यही शनिवार निशुल्क ओपिडी गर्दै, टिभिएसमा समेत छुट

नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले यही माघ २० गते शनिवार निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको

स्त्री रोग तथा निशन्तान सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आइभिएफले एक दिनका लागि निशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो

नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव वेवी बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा= नुतन शर्मासहितको टोलीले उक्त बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नेछ  डा= शर्मा सँग स्वास्थ्य जाँच वा परामर्श गर्न बिरामीले कुनैपनि शुल्क तिर्नुपर्ने छैन

ivf opd1706610667.jpg

निशुल्क ओपिडी सेवा बिहान १० बजेदेखी अपरान्ह बजेसम्म संचालन हुनेछ भने एक सातासम्म फलोअप जाँच निशुल्क गरिएको नर्भिक हस्पिटलका सिइओ अजय कुमार मिश्राले जानकारी दिनुभयो

निशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा पनि नाम दर्ता गराउन सक्ने अस्पतालले जनाएको

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व अन्र्तगत सर्वसाधरण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिवार विभिन्न रोगशर्मा सम्बन्धित बिशेषज्ञ चिकित्सकद्वारा निशुल्क ओपिडी सेवा संचालन गर्दै आएको

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update