Public Pana
आज  सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो। यसअघि सोमबार पनि प्रतितोला ३०० रूपैयाँले बढेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।
 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update