Public Pana
स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस शेयर वितरण घोषणा

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्ताव गरिएको लाभांश नियामक नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यसले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट भने २२ प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update