Public Pana
दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री 

काठमाडाै- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने दावी गरेका  छन्।

सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले अहिलेकाे सरकारले यसका लागि आयाेग बनाउने सक्नेतिर उनले स‌केत गरे । 

प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट  भन्दै आवश्यकता परे दरवार हत्याकाण्डकाे छानविन हुने दावी गरे ।  २०५८  सालमा दरवार हत्याकाण्ड भएकाे थियाे । उक्त घटनामा परि पूर्वराजा विरेन्द्र शाहका परिवारकाे वशनास भएकाे थियाे ।

 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update