Public Pana
नागेन्द्र यादवले पाए ट्राई साइकल

रौतहटको फतुवा बिजयपुर नगरपालिका- १ घुसुकपुरका जसपा नेता बिन्देश्वर यादवको छोरा समाजसेवी मुकेश कुमार यादवले ३० हजार रुपैयाँ पर्ने एकथान ट्राई साइकल सोही वडा गमहरिया गाउँका पूर्ण अपाङ्ग नागेन्द्र यादवलाई सहयोग गरेका छन्।

यादवको ढाडमा केहीवर्ष अघि बोन टिबी भएको थियो। उपचारको क्रममा दुईबर्ष अघि ट्रमा सेन्टर काठमाडौंमा ढाडको अपरेसन गर्दा ढाडको नसा काटिएर उनी अपाङ्ग भएका थिए।

 त्यसपछि ५० बर्षीय पीडित यादव पूर्ण अपाङ्ग बनेर घरभित्रै बसेर जीवन निर्वाह गर्दै आएका थिए। ट्राई साइकलको लागि 

पटकपटक वडादेखि नगरपालिकामा भन्दा कसैले नसुनेको उनको गुनासो छ ।

 यसअघि पनि उनी बोन टिबीको उपचारको क्रममा  जसपाका केन्द्रीय सदस्य यादवले पटकपटक सहयोग गर्दैआएको पीडित यादवले बताए।   

उनकै सल्लाह अनुसार उनको छोरा मुकेश यादवले सोमबार उनलाई   ट्राई साईकल हस्तान्तरण गरेका हुन। अपाङ्ग यादवको ३ छोरा ३ छोरी छन् भने जग्गाजमिनको नाउँमा मात्र ४ धुर घडेरी रहेको छ।

उनीसँग रहेको १० कठ्ठा जग्गा उपचारको क्रममा बिक्री गरिसकेका छन् । हाल गाउँ घरमा अरूको खेतमा श्रीमती छोराहरूले ज्यामी गरेर परिवार धान्दै आएका छन।  

डेढ बर्ष देखि अपाङ्ग बनेका यादव ह्वील चेयर पाएपछि हर्षित हुँदै अबको जीवन बिताउन ठूलो सहयोग हुने बताए ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update