Public Pana
गौरापर्वले प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस् : मुख्यमन्त्री भट्ट

 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरापर्वले सुदूरपश्चिमवासीबीच सद्भाव र एकता कायम राखोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा गौरापर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले आपसी समझदारी र बन्धुत्वको भावना जगाई प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस् भनी शुभकामना व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री भट्टले परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्व प्रदेशको विशिष्ठ पहिचानका रूपमा रहेको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व बोकेको पर्व रहेको बताउनुभयो ।

साथै उहाँले मौलिक पर्वका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौरापर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update