लगातार दुई दिन नेप्सेमा हरियाली : आज पनि दोहोरो अंकले वृद्धि

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आज सोमबार १०.२६ अंकले बढेको शेयर बजार २१०४.७२ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको कारोबार भएको छ ।
यसदिन १५० कम्पनीको शेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० १५:०९
प्रतिक्रिया दिनुहोस्