Public Pana
ललितपुरको मंगलबजारमा विदेशी महिला मृत भेटिइन्

ललितपुरको मंगलबजारमा एकजना विदेशी नागरिकको शव फेला परेको छ।   आज (सोमबार) बिहान मंगलबजार नजिकै विदेशी महिला मृत भेटिएकी हुन्।

उनी जर्मन नागरिक भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी छ। 

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले घटनाको जानकारी पाएको बताए। ‘हामी अहिले घटनास्थलमा जाँदैछौँ,’ एसपी कार्कीले   बताए । 

उनी एक वर्षदेखि मंगलबजार क्षेत्रमै बस्दै आएको स्थानीयले बताएका छन्। घटनाकाे  विस्तृत  विवरण आउँन बाँकी छ।

 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update