Public Pana
लिग चरणमा  पराजित हुदाँ सुपर सिक्स पार गर्न कठिन समिकरणमा नेपाल 

काठमाडाै-  दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा नेपाल पुगेको छ। नेपालका लागि यो स्थानमा पुग्नु नै ठुलो उपलव्धी हो । सुपर सिक्सको खेल खेल्ने  १२ टोली हुने छन् ।

यी टोलीको टुङ्गो पनि लागेको छ । सुपर सिक्सको समुह एकमा  भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स दुईमा  अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् । 
अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको नयाँ नियमका कारण नेपालले यो चरणमा दुई वटा मात्र खेल खेल्ने छ। ६ देश एउटा समुहमा भएपनि आईसिसीले कुनै दुई देशका विचमा खेल खेलाउन नियम बनाएको छ ।  शिर्ष स्थानमा रहेको भारत र दोस्रोमा रहेको बंगलवादेशसँग नेपालले खेल्ने छ। नेपालले चार खेल खेल्न पाउने भएपनि दुई खेल लिग चरणमै न्यूजिल्याण्ड र पाकिस्तानसँग खेलेकाले अव दुई मात्र खेल्ने छ। 
नेपालले सुपर सिक्समा बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । नेपालले यी दुवै खेलमा जिते पनि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना कठिन देखिन्छ । 
समूह चरणमा आफूले हराएको टोली सुपर सिक्समा पुगेको खेलको मात्रै अंक गणना हुन्छ । तर नेपालले हराएको अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो । त्यसैको कारण सुपर सिक्समा नेपालको अंक नहुँदा सेमिफाइनल सम्भावना कठिन बनेको हो । 
पाकिस्तान र भारत दुवै समूह डी र ए का विजेता बन्दै सुपर सिक्समा ४–४ अंकका साथ आएका छन् । न्युजिल्यान्ड र बंगलादेश २–२ अंकका साथ आएका छन् । नेपाल र आयरल्यान्ड भने अंक विहीन हुँदै आएका छन् ।

यदि पाकिस्तान र भारतले एक÷एक खेल जितेको खण्डमा पनि ६–६ अंकमा पुग्नेछन् । अर्कोतर्फ नेपालले दुवै खेल जितेपनि ४ अंकमा मात्रै पुग्न सक्छ । भारत र पाकिस्तानले दुवै खेल हारेको खण्डमा उता न्युजिल्यान्ड र बंगलादेशको नतिजा पनि हेर्नुपर्छ । त्यसैले गर्दा दुवै खेल जितेपनि नेपाल सेमिफाइनलमा सीधै पुग्न सक्दैन । अन्य टोलीको नतिजा र नेटरनरेटमा धेरै भरपर्नुपर्छ । जसले गर्दा नेपालको सेमिफाइनल यात्रा कठिन देखिन्छ ।  
 यस्तो छ  सुपर सिक्सको अंक तालिका
गुप्र १ को सुपर सिक्समा भारत २ खेलमा ४ अंकका साथ नेटरनरेट प्लस २.८५० का साथ शीर्षस्थानमा छ । पाकिस्तानको पनि ४ अंक भए पनि नेटरनरेट प्लस १.३५६ हुँदा दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा २ अंकका साथ नेटरनरेट माइनस ०.६५१ हुँदा तेस्रो स्थानमा छ । बंगलादेश २ अंकका साथ नेटरनरेट माइनस ०.८०० हुँदा चौथो स्थानमा छ ।
नेपाल २ खेलमा अंकविहीन हुँदै नेटरनरेट माइनस ०.८०० हुँदा पाँचौं स्थानमा छ । आयरल्यान्ड २ खेलमा अंकविहीन हुँदै नेटरनरेट माइनस २.२२७ हुँदा पुछारमा छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update