Public Pana
गायिका रचना रिमाल चढेकाे गाडीलाई ट्रकले दियाे ठक्कर

गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दिएको छ । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार साँझ ५ बजे बा प्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले रिमाल र आफू सवार गाडीलाई ठक्कर दिएको दाङका पत्रकार शिवु खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

 

 उनले आफूहरु ठूलो दुर्घटनाबाट बचेको उल्लेख गरेका छन् । त्यस्तै, रचनाले पनि सामाजिक सञ्जाल फेसबुकमा आफू सवार गाडीलाई ट्रकले ठक्कर दिएको तर आफू सकुशल रहेको जनाएकी छन् । आफूहरुलाई केही नभएको रिमालले बताएकी छन् भने गाडीमा सामान्य क्षति पुगेको उल्लेख गरेकी छन् ।

उनले लमहीमा आज भनिएको कार्यक्रम भोलि हुने पनि जनाइन् ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update