Public Pana
साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

शेयर कारोबार मापक नेप्से परिसुचक साताको पहिलो दिन आज आइतबार हरियो संकेत देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आइतबार १०.३७ अंकले बढेको सेयर बजार २०९४.४६ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको छ । 

यसदिन १७३ कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update