Public Pana
सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने

खोटाङको सोल्मा स्पोर्टस् क्लबले माघ दाेस्राे साता वडास्तरीय फुटबल प्रतियोगीता गर्ने तयारी गरेको छ । फुटबलको व्यवसायिक विकासमा टेवा पुर्‍याउने उदेश्यले क्लबले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा ६ माघदेखि १३ माघसम्म वडास्तरीय फुटबल प्रतियोगीता गर्ने तयारी गरेको हो ।

प्रतियोगीतामा प्रथम, दोस्राे र सेमिफाइन टिमले क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । 

प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही तीन हजार ३३३ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।

एलाभेन साइजको खेलमा खोटाङभित्रका वडालाई मात्र सहभागी गराइने छ । फुटबल टिममा एकै वडाको खेलाडी हुनुपर्ने छ । तीन जना खेलाडी भने खुल्ला हुने क्लबले जनाएको छ । प्रतियोगीताका लागि २७ माघ बेलुका ५ बजेसम्म टिम दर्ता गरिने र २८ माघ खेल तालिका सार्वजनिक गरिने क्लबका अध्यक्ष राईले बताए । 

स्थानीयको अग्रसरतामा सोल्मामा गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ । खेलमैदानको थप काम सुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगिता अवरुद्ध भएकोमा खेल मैदानको काम सकिएपछि पुन: फुटबल प्रतियोगीतालाई निरन्तरता दिन लागिएको अध्यक्ष राईले बताए । वडास्तरीय फुटबल प्रतियोगीताको अवसरमा एक जना पत्रकारलाई पाँच हजार ५५५ रुपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने क्लबले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update