Public Pana
मौसम खराबका कारण नेपालगञ्ज विमानस्थल अवरुद्ध
फाइल तस्बिर

नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा  तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान अवरुद्ध भएको छ ।

बाक्लो हुस्सुका कारण उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

हवाई उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७ -८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको  हो । उडान अवरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आशमा विमानस्थलमै बसिरहेका छन् ।

उडान अवरुद्ध हुँदा यात्रु नेपालगञ्जमा रोकिएका छन् । उपचारका लागि काठमाडौं पुग्ने यात्रु अझ बढी समस्यामा परेका छन् ।
नेपालगञ्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ ।

नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगञ्जबाट उडान भर्दै आएका छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update