स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २२ प्रतिशतले हुने रकम ११ करोड ३१ लाख १ हजार ८०७ रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो ।
साथै, उक्त सेयरमा लाग्ने कर प्रयोजनका लागि १.१५७ प्रतिशतले हुने रकम ५९ लाख ५२ हजार ७२७ रुपैयाँ नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्ताव गरीएको उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरलाई वितरण गरिने कम्पनीले जानाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १३:०४
प्रतिक्रिया दिनुहोस्