सत्तारुढ दल नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’का लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका सो पार्टीले बताएको छ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सरिक हुनेछन्। तोकिएका जिल्लाहरुमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने कांग्रेसको भनाइ छ।
टोली माघ १६ गते शहीद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ।
यी हुन् विभित्र जिल्लामा खटिने टोलीहरू:
कोशी प्रदेश
१) डा शेखर कोइराला - झापा र सुनसरी।
२) डा नारायण खड्का - संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा।
३) बलबहादुर के. सी. - मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर।
मधेस प्रदेश र बागमती प्रदेशका ४ जिल्ला
१) प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा। बागमतीको
सिन्धुली र मकवानपुर।
२) महालक्ष्मी उपाध्याय ‘डिना’ - बारा, पर्सा, रौतहट र सर्लाही। बागमतीको धादिङ र
चितवन।
बागमती प्रदेश
१) डा मिनेन्द्र रिजाल- काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा।
२) पुष्पा भुसाल - ललितपुर, भक्तपुर, रामेछाप र दोलखा।
गण्डकी प्रदेश
१) महेन्द्र यादव - तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर।
२) प्रदीप पौडेल - कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ।
लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि - रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा।
२) डा डिला संग्रौला - कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी।
कर्णाली प्रदेश
१) डा शशांक कोइराला - दैलेख, सल्यान र सुर्खेत।
सुदुरपश्चिम् प्रदेश
१) भिष्मराज आङ्देम्बे - कैलाली, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी र
कञ्चनपुर।
केही हिमाली जिल्ला र भूकम्प प्रभावित २ जिल्लामा यो अवधिको अभियान नराखिएको कांग्रेसले बताएको छ।