Public Pana
आज अमेरिकी डलरको विनिमयदर यथावत, अस्ट्रेलियन डलरको बढ्यो

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। 

अघिल्लो दिनको कारोबारको तुलनामा आज अस्ट्रेलियन डलर, दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ। अमेरिकी डलरको भाउ भने यथावत छ। 

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। गएको शुक्रबार पनि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा नै थियो। 

त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ २९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। शुक्रबार युरो १ को खरिदर १४४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४५ रुपैयाँ १४ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। यसअघि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६३ पैसा थियो। 

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। यसअघि बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५८ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। अघिल्लो कारोबारमा अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८२ पैसा थियो। 

money---1706318351.png

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update