Public Pana
बेलायती तेल ट्यांकरमा हुथीको हमला

यमनका हुथी विद्रोहीले लाल सागरबाट गइरहेको बेलायती तेल ट्याङ्कर मारलिन लुआन्डामा मिसाइल हमला गरेका छन्। उक्त जहाजमा २२ भारतीय चालक दलका सदस्य थिए।

यस हमलापछि एडेनको खाडीमा तैनाथ भारतीय नौसेनाको युद्धपोत आईएनएस विशाखापट्टनम सहयोगका लागि आएको थियो।
भारतीय नौसेनाले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार उक्त जहाजबाट मद्दतका लागि अनुरोध आएपछि भारतीय नौसेनाको निर्देशित मिसाइल विनाशक आईएनएस विशाखापट्टनमलाई मद्दतका लागि पठाइएको हो। 

उक्त जहाजमा भारतीयबाहेक बंगलादेशका एक जना चालक दलका सदस्य पनि थिए।

आक्रमण शुक्रबार राति भएको थियो र आईएनएस विशाखापट्टनम टोलीको प्रयासमा आगो निभाइएको थियो।

पछिल्लो समय हुथी विद्रोहीहरूले जहाजमा आक्रमण गर्ने क्रम बढेको छ।

att1706406480.png

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update