Public Pana
प्रधानन्यायाधीश श्रेष्ठ भारत प्रस्थान

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत भ्रमणमा गएका छन्। 

भारतका प्रधानन्यायाधीश डा.डी वाई चन्द्रहुडको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश श्रेष्ठ शनिबार नेपाल वायु सेवा निगको विमानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन्। 

प्रधानन्यायाधीश श्रेष्ठ भारतीय सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सवमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। 

प्रधानन्यायाधीश श्रेष्ठका साथमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिस्ट्रार बिमल पौडेल पनि सहभागी छन्।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update