Public Pana
मौसम : तराइमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपात

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा सफा रहेको छ। मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


यस्तै, राती भने कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतयाः सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही क्षेत्रमा हिमपात तथा तराई–मधेशमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवामा प्रभाव पर्न सक्ने भएकाले यसबाट हुने असरबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५३ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४० मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update