Public Pana
मालपोत अधिकृत लेखा भ्रष्टाचारी ठहर

मालपोत अधिकृत लेखा पनेरु महत घुस प्रकरणमा दोषी ठहर भएकी छन् ।

ताप्लेजुङ मालपोतकी तत्कालीन अधिकृत लेखालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो ।

विशेष अदालतले शुक्रबार लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको छ ।

पक्राउ पर्नुअघि निजामतीतर्फ उत्कृष्ट काम गरेको भन्दै उनले राष्ट्रपतिबाट तक्मा लिएकी थिइन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update