Public Pana
अफगानिस्तानी इनिङस् धरापमा, नेपाललाई आठौं सफलता

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आठौं विकेट झार्दा अफगानिस्तानको इनिङस् धरापमा परेको छ।

नेपाललाई दीपेश कँडेल र तीलक भण्डारीले लगातार सफलता दिलाएका हुन्। दीपेशले २१ औं ओभरको तेस्रो बलमा आरव गुललाई शून्य रनमै एलबीडब्लू धरापमा पारे।

त्यसअघि आफ्नो पहिलो ओभर बलिङ गर्न आएका तीलक भण्डारीले अफगानिस्तानका लागि आक्रामक ब्याटिङ गरिरहेका अल्ला महमद घजानफरलाई सुवास भण्डारीको हातबाट क्याच आउट गराएका थिए।

तीलकको बलमा क्याचआउट हुनु अघि घजानफरले लगातार बाउन्ड्री प्रहार गरेका थिए। पहिलो बलमा छक्का प्रहार गरेका उनले दोस्रो बलमा चौका प्रहार गरे।

तेस्रो बलमा पनि लामो सर्ट प्रहार गर्न खोज्दा उनी क्याचआउट हुन पुगे। घजानफर २१ बलमा ३७ रनको योगदान गरे।

त्यसअघि १२ औं ओभरमा ४३ रन जोड्दा अफगानिस्तानले छैठौं विकेट गुमाएको थियो।

२१ ओभरको खेल सकिँदा अफगानिस्तानले ८ विकेटको क्षतिमा ८८ रन बनाएको छ।

नेपालका लागि सागर चन्दले ५ र गुल्सन झाले एक विकेट लिएका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update