Public Pana
आईसीसी यू १९ - अफगानिस्तान विरुद्ध ६ विकेट

तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ११.३ ओभरमा ६ विकेट गुमाउँदै ४३ रन बनाएको छ ।

आकाश चन्दले ५.३ ओभरमा ९ रन खर्चेर ५  विकेट लिएका छन् । गुल्शन झा ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिएका छन् ।

नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे । उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

त्यसपछि आकाश चन्दले थप तीन विकेट लिँदै अफगानिस्तानलाई संकटमा पु-याएका छन् ।

जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४–५ को दयनीय अवस्थामा पु-याएका आकाशले २० रन बनाएका हसन इशाखिललाई आउट गर्दै आफ्नो पाँचौं विकेट लिएका हुन् ।
team-nepal-21706261903.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update