Public Pana
कोषद्धारा उपचाररत दुई खेलाडीलाई एक–एक लाख रुपैयाँ सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ उपचारका लागि दुई खेलाडीलाई आज शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ।

पूर्व टेबलटेनिस खेलाडी सन्ध्या शाक्य तथा पूर्व उसु खेलाडी मोहन पाण्डेलाई समान १–१ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कोषका सदस्य–सचिव दीपक श्रेष्ठले बताए।

कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

पाण्डेको सहयोग रकम उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामामार्फत हस्तान्तरण गर्ने गरी लामालाई प्रदान गरिएको छ।

सन्ध्याले क्यान्सर तथा पाण्डेले कलेजो र मृगौंलाको उपचार गराइरहेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update