Public Pana
नयाँबानेश्वरमा भासिएको यात्रुबस निकालियो

काठमाडौँको नयाँबानेश्वर चोकस्थित भासिएको सडकबाट एउटा यात्रु बसलाई निकालिएको छ।

रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेका बेला बानेश्वरमा सडक भासिएको थियो।

उक्त भासिएको सडकबाट बसलाई क्रेनले तानेर निकालिएको हो। बसलाई निकालेपछि अहिले भासिएको सडक मर्मतमा डोजर प्रयोग गरिएको छ।

सर्भिस लेनतर्फको सडकमा बसका चक्का भासिएका थिए। सडक भासिएर गाडी कोल्टो फर्नासाथ यात्रुहरू आत्तिएर निस्किएका थिए। अहिले भासिएको सडक मर्मत भइरहेको छ।

यसअघि २०७८ कात्तिकमा पनि बानेश्वर चोकनजिकै सिभिल अस्पतालअगाडि सडक भासिएर ठूलो खाल्डो परेको थियो।

माइतीघर–तीनकुने सडक ६ वर्षअघि काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा संयुक्त निर्माण कम्पनीमार्फत ५० करोडको लागतमा बनाएको थियो।

देशकै फराकिलो र सुन्दर सडक भनेर चर्चा पाएको उक्त सडकमा बनेको एक वर्षमै खाल्डाखुल्डी पर्न थालेको थियो। अहिले पनि सडकमा खाल्डा पर्ने क्रम रोकिएको छैन।
bus-ok1706261515.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update