Public Pana
आईसीसी यू–१९ : नेपाल तेस्राे विकेट लिन सफल

आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले तेस्राे विकेट लिन सफल भएकाे छ।

टस जितेको अफगानिस्तानले ब्याटिङ गर्ने निर्णय गरेको थियाे । तर शुरुवात भने राम्राे हुन सकेन । बलिङ थालेको नेपालले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएको थियाे ।

नेपालका गुलशन झाले अफगानिस्तानका ओपनिङ ब्याटर नुमान शाहलाई दिपक डुम्रेबाट क्याचआउट गराए। दाेस्राे र तेस्राे विकेट आकाश चन्दले लिएका छन् । यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्ने छ ।

नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ।

शुक्रबारको खेलमा अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा पुग्नेछ। सुपर सिक्समा पुग्दा नेपालले समूह ‘डी’का न्यूजिल्याण्ड र पाकिस्तानका साथै समूह ‘ए’का शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्न पाउनेछ।

अफगानिस्तानका लागि पनि सुपर सिक्समा पुग्न शुक्रबार नेपालविरुद्धको खेलमा जित्नै पर्ने बाध्यता छ।

अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्यूजिल्याण्डसँग १ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update