Public Pana
आईसीसी यू–१९ : अफगानिस्तानले २ रनमा २ विकेट गुमायो

आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिलो ओभरमै पहिलो विकेट लिएको छ ।

आज शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका गुल्सन झाले अफगानिस्तानका ओपनर नुमन साहलाई पहिलो ओभरको चौथो बलमा दीपक डुम्रेमबाट क्याच गराए ।

दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दले खलिद तनुवालको विकेट लिएका छन् । नेपालको शानदार सुरुवात गर्दै अफगानिस्तानले २ रनमा गुमायो २ विकेट गुमाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update