Public Pana
मौसमका कारण नेताहरू विमानस्थलबाटै फिर्ता

काठमाडौंदेखि भैरहवाको निर्धारित उडान हुन नसकेपछि बुटवल जेसीसको पदस्थापन समारोहमा जान हिँडेका नेताहरू विमानस्थलबाटै फिर्ता भएका छन् ।

मौसममा खराबीका कारण भैरहवाको उडान हुन नसकेपछि उपसभामुख इन्दिरा रानासहित मन्त्री र नेताहरू चार घण्टा विमानस्थलमै रोकिएर फर्किएका हुन् । 

कांग्रेस नेता चन्द्र भण्डारीले भैरहवाको उडान समयमा हुन नसकेकोले विमानस्थलमा चार घण्टा बसेर फर्किएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

उनले कार्यक्रममा जान नपाएको दुःख व्यक्त गर्दै सफलताको शुभकामना दिएका छन् ।

बुटवल जेसीसको पदस्थापन समारोहमा सहभागी हुन उपसभामुख रानामगरसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्ती रमेश रिजाल, कांग्रेस नेता शशांक कोइराला, एमाले नेता महेश बस्नेतगायत नेताहरू विमानस्थलबाटै फर्किएका हुन् ।

chandra1706257191.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update