Public Pana
अमेरिकामा पहिलोपटक हत्याका दोषीलाई नाइट्रोजनद्धारा मृत्युदण्ड 

अमेरिकामा हत्या अभियोगमा दोषी ठहर भएका एक जनालाई नाइट्रोजन ग्यास खुवाएर मारिएको छ ।

अमेरिकामा पहिलो पटक मृत्युदण्डका लागि यो विधि अपनाइएको बीबीसीले जनाएको छ । यसका साथै उनी ग्यासबाट मारिने विश्वकै पहिलो अपराधी बनेका छन् ।

५८ वर्षीय केनेथ युजीन स्मिथले यस सजायविरुद्ध सर्वोच्च अदालतमा दुईवटा अपील गरेका थिए भने संघीय अदालतमा पनि अपील गरेका थिए । 

नाइट्रोजन एक ग्यास हो जसले शरीरलाई निष्क्रिय पार्छ। यो ग्यास शरीरभित्र जानेवित्तिकै भित्रको अक्सिजन नष्ट हुन्छ ।

समाचारमा जनाइएअनुसार स्मिथको अनुहारमा एयरटाइट मास्क बाँधिएको थियो र उनलाई नाइट्रोजन सास फेर्न बाध्य पारिएको थियो।

उनी सन् १९९८ को हत्याको मुद्दामा दोषी ठहर भएका थिए । उनले एक धार्मिक प्रचारककी पत्नी एलिजाबेथ सेनेटको हत्या गरेका थिए।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update