Public Pana
उपकुलपतिको विरोधमा बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई हटाउनुपर्ने माग गर्दै शिक्षक र कर्मचारीले भद्र अवज्ञा आन्दोलन सुरु गरेका छन्।

उच्च अदालत, विराटनगरले बढुवा प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि आन्दोलनरत शिक्षक र कर्मचारीको संयुक्त संघर्ष समितिले कार्कीलाई हटाउन माग गरेको हो।

प्रतिष्ठानले २०७९ पुस २० र २५ गते प्रकाशन गरेको बढुवा सम्बन्धी विज्ञापन उनी नियुक्त भएर आएदेखि विभिन्न बहानामा अवरुद्ध गरेको र आफैँले पटक पटक हस्ताक्षर गरेर अगाडि बढाउने भनी जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेको संघर्ष समितिको आरोप छ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारिणी समितिको बैठक बोलाएर माग सम्बोधन गर्न निर्देशन दिएका थिए। तैपनि कार्कीले सहमति जनाएका छैनन्।

कार्यकारिणी समितिको बैठक चल्दै गर्दा बीचमै निस्किएर निर्णयमा हस्ताक्षर समेत नगरेको संघर्ष समितिले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update