Public Pana
पहिलो पटक नै अन्तर्राष्ट्रिय कीर्तिमानसहित सन्तोषीलाई स्वर्ण

धाविका सन्तोषी श्रेष्ठले अन्तर्राष्ट्रिय म्याराथनको डेब्युमा नै कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्। 

बंगलादेशको ढाकामा शुक्रबार भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषीले स्वर्ण पदक जितेकी हुन्। 

म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ २ घन्टा ४६ मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै सन्तोषीले स्वर्ण जितेकी हुन्। 

स्वर्ण जितेसँगै सन्तोषीले पुष्पा भण्डारीको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेकी छन्। यसअघि पुष्पाले बंगबन्धुमा म्याराथनमा २ घन्टा ४८ मिनेट ०२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। 

महिलातर्फकै म्याराथनमा एपीएफकी पुष्पाले रजत पदक जितकी छन्। पुष्पाले २ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरिन्। बंगबन्धुमा पुष्पाले यसअघि २ स्वर्ण र १ कास्य पदक जितेकी थिइन्।

यसअघि हाफ म्याराथनमा स्पर्धा गर्दै आएकी सन्तोषीको यो डेब्यु म्याराथन हो। पुरुषतर्फ खडकबहादुर खड्काले कास्य पदक जितेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update