Public Pana
भारतीय गणतन्त्र दिवसमा ओलीले दिए हिन्दीमै शुभकामना !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन ।

आज भारतले ७५ औं गणतन्त्र दिवस मनाईरहेको सन्दर्भमा ओलीले उक्त शुभकामना दिएका हुन ।

 उनले हिन्दीमा शुभकामना दिदै भनेका छन, ‘समस्त भारतवासियों को ठछवें गणतंत्र दिवस की हार्दिक शुभकामनाएँ।

यसअघि नेपालका विभिन्न राष्ट्रिय उत्सवमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाली भाषाकै प्रयोग गरेर सामाजिक सञ्जालबाट शुभकामना दिने गरेका थिए ।

मोदीकै सिको गर्दै एमाले अध्यक्ष ओलीले पनि हिन्दी भाषामै भारतको गणतन्त्र दिवसको शुभकामना दिएका हुन । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update