Public Pana
चीनको उच्चस्तरिय सरकारी टोली आज नेपाल आउँदै, महत्वपुर्ण भेटवार्ताको तयारी

 भारतीय विदेशमन्त्रीको भ्रमण सकिएको केही समय लगत्तै चिनियाँ उच्चस्तरिय टोली आज नेपाल आउँदैछ । दक्षिण छिमेकी मुलुक भारत र उत्तरी छिमेकी मुलुक चीनबीच कुटनीतिक तवरमा पछिल्लो समय निकै प्रतिस्पर्धा हुने गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल उच्चस्तरिय राजनीतिक भेटघाट र केही महत्वपुर्ण द्धिपक्षीय सहयोगका बिषयमा छलफल गर्न नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान ११ः ०० बजे नेपाल भ्रमणमा आउन लागेको हो ।

चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update