जापानको एक अदालतले बिहीबार एक ४५ वर्षीय पुरुषलाई २०१९ मा प्रख्यात क्योटो एनिमेसन स्टुडियोमा आगजनी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।
सो दुर्घटनामा परी २० वर्षमा देशको सबैभन्दा नराम्रो सामूहिक हत्याकाण्डमा ३६ जना मारिएका थिए ।
प्रतिवादी शिन्जी आओबाले आफ्नो कामकाे चोरी भएको र त्यसकाे बदलामा स्टुडियोमा आगजनी गर्न पेट्रोल प्रयोग गरेको थिए । उनले त्याे कुरा स्विकार गरे पछि उनी माथी हत्या र आगजनी गरेको आरोपमा मुद्दा लगाइएको थियो।
जुन मुद्दामा उनलाई क्योटो जिल्ला अदालतले बिहीबार दोषी ठहर गरेको हो ।
साे आगलागीको समयमा दर्जनौं मानिस तीन तले भवन भित्र थिए, जुन यति छिटो फैलिएको थियो कि धेरैलाई भाग्ने समय नै पाएका थिएनन, प्रहरीले भन्यो । सो दुर्घटनामा परी मर्नेहरू सबै कर्मचारी थिए भने कम्तिमा ३२ जना घाइते भएको एनएचकेले जनाएको छ ।
आफ्नो फैसलामा अदालतको अध्यक्षता न्यायाधीश केइसुके मसुदाले आओबाको अपराधलाई एकदमै क्रूर र अमानवीय भएको जनाएका छन । ‘पिडितहरूको मृत्यु धेरै गम्भीर र दुखद थियो,’ मसुदाले स्टुडियोलाई कसरी आगो र धुवाँले घेरेको भन्ने बिषयको बर्णन गर्दै भनेका छन । उनले दाेस्राे विश्वयुद्द पछि जापानी इतिहासमा सबैभन्दा क्रुर सामुहिक हत्याकाे संज्ञा पनि दिएका छन ।