Public Pana
राष्ट्रिय सभा निर्वाचन : सत्ता गठवन्धनको बर्चस्व,  काेशीमा एक सिटमामात्र एमाले विजयी

काठमाडाै- विहिबार सम्पन भएको संघिय संसदको माथिल्लो सदनको निर्वाचनमा अधिकाश स्थानमा सत्ता गठवन्धनका उम्मेदबारले जित हात पारेका छन् ।
आजै भएको मतदानपछि भएको मतगणनामा सत्ता गठवन्धनमा उम्मेदबार विजयी भएका हुन् । सत्ता गठवन्धनले सुदुर पश्चिम,कर्णाली,लुम्विनी, मधेश, गण्डकी र बागमतीमा सत्ताको विजयी भएका छन् । कोशी भने एक सिट जितेको छ।  
सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन्।  महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भइन्। उनले ४ हजार ४५३ मत पाइन्। अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए। उनले ४ हजार ४१९ मत पाएका थिए ।  त्यस्तै अन्यतर्फ  कांग्रेसकै बलदेव बोहरा विजयी भए। उनले ४ हजार ३४७ मत पाए। 
लुम्बिनी प्रदेशबाट गठबन्धनका दुवै उम्मेदवारहरू विजयी भएका छन्।  कांग्रेसबाट उम्मेदवार भएकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रबाट उम्मेदवार भएका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्। यो प्रदेशमा महिला समूहमा एमालेकी तुलसाकुमारी केसी, कांग्रेसकी सापकोटा र राप्रपाकी विजया लक्ष्मी सिंह उम्मेदवार थिए। त्यस्तै, अन्यमा एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्री, माओवादी केन्द्रका सुवेदी, राप्रपाका निरन् जनकुमार थापा र जनमत पार्टीका बालगोबिन्द चौधरी उम्मेदवार थिए।  
तर कोशी प्रदेशमा गठबन्धन उम्मेदवार पराजित भएकी छन्। महिला समूह अन्तर्गत माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार थिइन्। उनलाई एमालेकी रुक्मिणी कोइरालाले पराजित गरेकी हुन्।  कोशीमा महिला समूह अन्तर्गत सत्ता गठबन्धनकी कार्की र एमाले–राप्रपा गठबन्धनकी कोइराला प्रतिस्पर्धामा थिए। 
बिहीबार सम्पन्न मतगणनामा कोइरालाले ५ ०८६ मत पाइन्। त्यस्तै, कार्कीले ४९९२ मत मात्रै पाइन्।   
दलीय आबद्धताको आधारमा मतदाताको मतभार गणना गर्दा कोशीमा सत्ता गठबन्धनसँग बहुमत थियो। तर त्यहाँ गठबन्धनकै मतदाताले एमाले उम्मेदवारलाई सघाएको देखिन्छ। गण्डकी प्रदेशबाट गठबन्धनका तीन जना उम्मेदवार विजयी भएका छन्।  प्रदेशबाट महिला समूहमा माओवादी केन्द्रकी मनरुपा शर्मा, अपांगता÷अल्पसंख्यक समूहमा कांग्रेसका पदमबहादुर परियार र अन्यमा कांग्रेसकै किरणबाबु श्रेष्ठ विजयी भएका हुन्।
सार्वजनिक मतपरिणाम अनुसार, शर्माले ३६६०, परियारले ३७७९ र श्रेष्ठले ३८०८ मत पाएका छन्। यस प्रदेशमा तीन समूहका लागि ८ जना प्रतिस्पर्धी थिए।
 मधेस प्रदेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी विजयी भएका छन्। ढुंगाना कांग्रेसका उम्मेदवार हुन्। उनी अन्य समूहबाट प्रतिस्पर्धी थिए। त्यस्तै, चौधरी जसपा उम्मेदवार हुन्। उनी महिला समूहबाट प्रतिस्पर्धामा थिइन्। दुवै उम्मेदवारहरू गठबन्धनका साझा उम्मेदवार हुन्।
बिहीबार सम्पन्न मतगणनामा, ढुंगानाले ७,३७० र चौधरीले ७, ९२९ मतभार पाएका छन्। यस प्रदेशमा महिलामा एमालेकी उषादेवी थरुनी र अन्यमा नेपालकै कुमारी विजेता झा तथा जनमत पार्टीका रामशंकर महासेठ पनि प्रतिस्पर्धामा थिए।
त्यस्तै कर्णाली प्रदेशमा  सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार अन्तिम मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन्। 

गठबन्धनबाट अन्यतर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विक उम्मेदवार बनेका थिए ।
 जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मत प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् ।
यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेशसभामा २९ मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गरी विजयी भए । एमालेका हिक्मत विकले प्रदेशसभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे ।
अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० र स्थानीयतर्फ १२० मत प्राप्त गरी विजयी भए । एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाए। 
वागमती प्रदेशमा पनि सत्ता गठवन्धनकै उम्मेदबार विजयी भएका छन् ।  हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा भएको निर्वाचनबाट नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन्।  महिलातर्फ विजयी पुडासैनीले ६६२२ मत र अन्यमा बस्नेतले ६५३१ मत, अपांङ्गतर्फ अधिकारीले ६३८३ मत र दलित रिजालले ६५१२ मत प्राप्त गरेका थिए । 
एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २५५२ मत, दलिततर्फ ध्रुवराज विकले ३०५२ मत, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २७३४ मत अन्यतर्फ विवेक देवकोटाले २३५९मत प्राप्त गरे। निर्वाचनमा ६ दलका १५ जनाले प्रतिस्पर्धा गरेका थिए।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update