Public Pana
राष्ट्रिय सभा : मधेस प्रदेशमा गठबन्धनको दुवै उम्मेदवार निर्वाचित

मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको तर्फबाट बनेका दुबै उम्मेदवार निर्वाचित भएका छन् । अन्य समूह तर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएकी छिन् । 

ढुंगानाले प्राप्त गरेको मत भार ७ हजार ३७० छ भने उनको प्रतिद्वन्दी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी हुन् ।

यस्तै जनमतका रामशंकर महासेठले पाएको मतभार ८१८ छ । महिला तर्फ निर्वाचित चौधरीको मत भार ७ हजार ९२३ छ भने उनको प्रतिद्वन्दी नेकपा एमालेकी उषादेवी थरुनीले प्राप्त गरेको मतभार २ हजार ४४६ हो । 

बिहीबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान हुँदा कुल मतदाता ३७४ रहेकोमा ३७३ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update