Public Pana
राष्ट्रिय सभा : सुदूरपश्चिमका तीन सीटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी

सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सीटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

आगामी फागुनमा पदावधि सकिएर रिक्त हुने तीन सीटका लागि बिहीबार मतदान भएको थियो।

सत्तारुढ गठबन्धनमा दुई सीटमा कांग्रेस र एकमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो।

सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसंख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द विजयी भएकी हुन्।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update