Public Pana
राष्ट्रिय सभा : लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट गठबन्धनका उम्मेदार विजयी भएका छन्।

आजै भएको निर्वाचनपछि भएको मतगणनामा  महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी हुन्।

सापकोटाले ५४३५ मत भार पाएर विजयी हुँदा प्रतिस्पर्धी  एमालेकी तुलसा केसीले २८६७ मत पाइन्।

यस प्रदेशमा नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update