Public Pana
राष्ट्रिय सभा :  कोशीमा एमाले उम्मेदवार कोइराला विजयी

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै कोइराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन्।

कोइरालाले ५ हजार ८६  मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाइन्।

कार्की नेकपा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्। उता एमालेकी कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाएको थियो। 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update