Public Pana
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३१ वर्षीय अशोक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटन ललितपुरको २०७९ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र ७ लाख रूपैयाँ जरीवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update