Public Pana
प्रधानमन्त्री कप : एपीएफको तेस्रो जित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले तेस्रो जित हात पारेको छ । भैरहवामा आज भएको खेलमा एपीएफले लुम्बिनीलाई ७ विकेटले हरायो ।


लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य एपीएफले २२ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । एपीएफका कप्तान रोहित पौडेलले ५२ रन बनाए । लुम्बिनीका मोहम्मद हुसैन, कृष्ण कार्की र इकलाख अहमदले समान १ विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा १ सय ३३ रनमा अल आउट भयो । लुम्बिनीका दिलसाद अलीले नट आउट ३९ रन बनाए ।

एपीएफका रमेश कुर्मीले ५ विकेट लिए । प्रतियोगितामा लुम्बिनीको यो लगातार चौथो हार हो ।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update