Public Pana
राष्ट्रिय सभा निर्वाचन : शान्तिपूर्ण रुपमा सकियो मतदान केहीबेरमै नतिजा

राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन सातै प्रदेशमा शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ।

आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मतदान कार्यक्रम शान्तिपूर्ण किसिमले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

१९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। मतदान सकिएसँगै अब राजनीतिक सहमति गरी तुरुन्तै मतगणना कार्य सुरु हुने र आजै मत परिणाम आउने पनि आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update