
चालु आर्थिक वर्षको पुषसम्म जीवन बीमा कम्पनीले ७४ अर्ब २४ करोड रुपैयाँ कूल बीका शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुासार जीवन बीका कम्पनीले व्यवसाय ३.६२ प्रतिशतले बढाएका छन् । पोहोर दोश्रो त्रैमाससम्म जीवन बीमा कम्पनीले ७१ ऋर्ब ७५ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका थिए । उनीहरुले यो वर्ष वयवसाय थप २ अर्ब ५६ करोड रुपैयाले बढाएका हुन् ।
कूल बीमा व्यवसायमा सुधार देखिएपनि प्रथम बीमा शुल्क भने घटेको छ । पुष मसान्तसम्म जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्क बापत १३ अर्ब ८४ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकम गत वर्षको ६ महिनाको तुलनामा २.२६ प्रतिशतले कम हो । आर्थिक शिथिलताका कारण प्रथम बीमा शुल्क घटेको हो ।
पोहोर दोश्रो त्रैमाससम्म कम्पनीहरुले प्रथम बीमा शुल्क १४ अर्ब १७ करोड रुैियाँ संकलन गरेका थिए ।
राष्ट्रिय बीमा कम्पनीको व्यवसाय सर्वाधिक २२.५७ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफले आर्जन गरेको छ । उसले २० अर्ब रुपैयाँ संकलन गरेको हो । उसले संकलन गरेको यो रकम पोहोर ६ महिनाको तुलनामा ७.४६ प्रतिशत बढी हो ।
व्यवसाय धेरै बढाउने कम्पनी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेनस हो । यो कम्पनीले २ अर्ब ३ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम पोहोर ६ महिनाको तुलनामा १४.०१ प्रतिशत धेरै हो ।
सन नेपाल लाइफले भने सबैभन्दा कम १ अर्ब ७८ करोड रुपैयाँको व्यवसाय गरेको छ । ६ महिनामा लघु जीवन बीमा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
गार्डियन माइक्रो लाइफले ६६ लाख, क्रेष्ट माइक्रो लाइफले १ करोड ५७ लाख र लिबर्टी माइक्रो लाइफले २८ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।