Public Pana
मधेश बन्दमा उत्रिएका १ सयभन्दा धेरैजना प्रहरीको नियन्त्रणमा

आम जनता पार्टीले आह्वान गरेको मधेश बन्दका क्रममा धनुषा र रौतहटमा गरी एक सय जनाभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले रौतहटका विभिन्न स्थानबाट २१ जनालाई नियन्त्रणमा लिएको हो ।

सडकमा टायर बालेर बन्द गराउन खोज्ने २१ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् ।

त्यसैगरी धनुषाबाट ३७ जना पुरुष र ३० जना महिला पक्राउ परेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update